Media Network

पहिरोले गोरुसिंगे- सन्धिखर्क सडक अवरुद्ध


खबरस्टोरी संवाददाता

१६ असार २०८०,शनिबार

कपिलवस्तु। अविरल वर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध भएको छ । सन्धिखर्क–६ नरपानीको बहखोरामा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क–६ नरपानीकै दहखोला र शीतगंगा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी प्रमुख प्रनाउ रिजालले जानकारी दिए ।  सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रु बीचमै रोकिएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद