Media Network

पोखरामा दुई सवारी ठोक्किँदा ८ चिनियाँ नागरिक घाइते


खबरस्टोरी संवाददाता

६ बैशाख २०८१,बिहीबार

काठमाडौ । कास्कीको पोखरामा आज बिहीबार बिहान दुई सवारी साधन आपसमा ठोक्किँदा नेपाल भ्रमणमा रहेका ८ जना चिनियाँ नागरिक घाइते भएका छन्।

माइक्रोबस र जिप आपसमा ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका हुन्।बिहान करिब पौने पाँच बजे पोखराको होटल ग्रान्डबाट पोखराकै साराङकोट तर्फ जाँदै गरेको चिनियाँ नगरिक सवारी सवार बा १ च ८५१ नम्बरको हायस र  बा १३ च ५१३७ नम्बरको स्कार्पियो आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ / प्रहरीका अनुसार हायसमा सवार १३ चिनियाँ नागरिकमध्ये दुर्घटनामा ८ जना घाइते भएका छन्। उहाँहरुको अवस्था खतरामुक्त छ।

घाइते सबैको गण्डकी मेडिकल कलेजमा उपचारका भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद