Media Network

पूर्वी नवलपरासीमा अवैध रुपमा सञ्चालित ४५ वटा क्रसर उद्योगमा सिलबन्दी


खबरस्टोरी संवाददाता

२५ पुष २०७९,सोमबार

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीमा अवैध रुपमा सञ्चालनमा रहेका ४४ वटा क्रसर उद्योगमा जिल्ला प्रशासन कार्यालयले आइतबार सिलबन्दी गरेको छ । 

दर्ता नवीकरण नगरिएका र मापदण्ड विपरित सञ्चालित सबै क्रसर उद्योग बन्द गरिएको प्रशासनले जनाएको छ ।   मापदण्ड विपरितका सबै उद्योगमा सिल गरिएको र विद्युत् लाइन समेत काटिएको हो । आइतबार बन्द गरिएका १२ वटा ढुंगा क्रसर र ३३ वटा बालुवा प्रशोधन केन्द्र छन् । आइतबार बन्द गरिएका अधिकांश यी उद्योग खोला, महेन्द्र राजमार्गनजिक छन् । 

प्राधिकरणबाट खटिएको टोलीले विद्युत आपूर्ति बन्द गरेर उद्योगमा सिलबन्दी गरेको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद