Media Network

प्युठानमा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु


खबरस्टोरी संवाददाता

३० श्रावण २०७९,सोमबार

काठमाडौं । प्युठानको नौबहिनी गाँउपालिका–६ मा आइतबार दिउसो भएको जिप दुर्घटनामा एकै परिवारको दुइ बालबालिका सहित तीन जनाको  मृत्यु भएको छ। 

नौबहिनी गाँउपालिका–५ डामृका रेमसरा बुढामगरका २ छोरीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । यसैगरी सवारी चालक २५ बर्षीय लुकेश थापाको पनि उपचारकै क्रममा बिजुवारमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक सुनिलकुमार थापाले बताएका छन् । चालकको सोमबार बिहान मृत्यु भएको हो । उनको अनुसार ४ बर्षीय करुणा बुढामगर र २५ दिनकी छोरी चेतना बुढामगरको निधन भएको हो । 

घाइतेहरुको जिल्ला अस्पताल बिजुबारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद