Media Network

राहत सामाग्री लिएर विप्लव भूकम्प प्रभावित क्षेत्रतर्फ


खबरस्टोरी संवाददाता

२४ कार्तिक २०८०,शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेतृत्वको टोली राहत सामाग्री लिएर भूकम्प प्रभावित क्षेत्र जाजरकोट गएको छ । पार्टी कमिटी, भातृसंगठन तथा अन्तर्राष्ट्रिय मोर्चाबाट सङ्कलन भएका एक कन्टेनर सामान लिएर विप्लवसहितको टोली शुक्रबार सल्यान र रुकुम पश्चिम गएको हो।
कपिलवस्तुबाट राहत सामाग्री लिएर निस्केका विप्लव नेतृत्वको टोली बिहीबार लुम्बिनीमा बास बसेका थिए । सङ्कलन भएका सामाग्री शुक्रबार सल्यान र रुकुम पश्चिमका भूकम्पपीडितलाई हस्तान्तरण गर्ने महासचिव विप्लवले जानकारी दिए । उनकाअनुसार भोलि (शनिबार) भूकम्पको इपिसेन्टर जाजरकोटका पीडितलाई हस्तान्तरण हुनेछ ।
सङ्कलन भएका राहत सामाग्री लिएर हामी भूकम्प अति प्रभावित क्षेत्र सल्यान, रुकुम पश्चिम र जाजरकोट जाँदै छौँ । प्रभावित क्षेत्रका  पीडितहरूलाई आज र भोलि हस्तान्तरण गर्छौँ’, उनले भने, ‘देशकै दुःखद ठुलो परिघटना हो । सारा जनताले दुःख पाएका छन् । यतिबेला सिंगै देश एकताबद्ध भएर दुःखमा परेको जनताको उद्धार गर्नु, राहत दिनु र पुनर्निमाणमा जुट्ने हाम्रो निर्णय छ ।’
उनले घटना घटेकै दिन उद्धार  टोली , चिकित्सकको टोली प्रभावित क्षेत्र गइसकेको बताए । पछिल्लो समय ६÷७ टोली उद्धारमा खटिएका र  उनीहरूले भग्नाभषेश पन्छाउन, जोखिमयुक्त घर भत्काउने काम भइरहेको विप्लवले बताए । प्रभावित क्षेत्रमा पार्टी कमिटी, जनवर्गीय सङ्गठन, अन्तर्राष्ट्रिय मोर्चा, विभाग सबै सक्रिय  रहेको जानकारी दिँदै उनले पार्टीको युरोप मोर्चा, भारतको प्रवासी मोर्चा, विद्यार्थी, मजदुर, व्यवसायीबाट सङ्कलन भएको रु ६ लाख प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिए ।
यस्तै डा प्रकाश नेतृत्वको चिकित्सकको टोली प्रभावित क्षेत्रमा खटिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद