Media Network

रुकुममा प्रहरी भ्यान दुर्घटनाः घाइतेलार्ई हेलिकप्टरबाट काठमाडौ ल्याइदै


खबरस्टोरी संवाददाता

२८ श्रावण २०७९,शनिबार

रुपन्देही । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी दुर्घटनामा परेको छ ।दुर्घटनामा घाइते भएको दुई प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याईदै छ ।

रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरा नजिकै प्रहरीको भ्यान दुर्घटनामा परेको हो ।दुर्घटनामा ६ जना सुरक्षाकर्मी घाइते भएका थिए । दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठसहित ६ जना सुरक्षाकर्मी घाइते भएका छन् ।अनुगमन र अरु कामको सिलसिलामा प्रमुख जिल्ला अधिकारीलगायतको टोली तकसेरा जाने क्रममा लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान दुर्घटनामा परेको हो ।प्रमुख जिल्ला अधिकारीसहितको टोली भने अर्को गाडीमा सवार रहेका थिए । सडकदेखी करिब १ सय मिटर तल खसेको भ्यान दुर्घटना हुनुको कारण भने खुलेको छैन ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद