प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८ हजार १३२ मत गणना हुँदा शर्माले १४ हजार १०७ मत पाएकी छन् । एमालेका शंकर पोखरेलले १२ हजार ४२३ मत ल्याएका छन् । शर्मा र पोखरेलबीच १ हजार ६८४ को मतान्तर छ ।यहाँ कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकामा ७९ हजार ४४६ मत खसेको छ ।