Media Network

रोल्पा बस दुर्घटना : ४ जनाको मृत्यु , १८ जना घाइते


खबरस्टोरी संवाददाता

२३ श्रावण २०८०,मंगलवार

रोल्पा ।  रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।  छन् ।

रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्वरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु हुँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

भुसालका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका–२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको सूचना अधिकरी भुसालले बताए ।

बस त्रिवेणी गाउँपालिका–७ तिला रिचि गाउँ  भन्ने ठाउँमा दुर्घटना भएको थियो । सडकदेखि करिब १५० मिटर तल खसेको उक्त बसमा १९ जना यात्रू सवार रहेको प्रहरीको भनाइ छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद