Media Network

रुपन्देहीका अग्रज पत्रकार पोखरेलको मृत्यु


खबरस्टोरी संवाददाता

३१ श्रावण २०७९,मंगलवार

रुपन्देही । रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको ६८ वर्षको उमेरमा मंगलबार बिहान मृत्यु भएको छ । 

लामो समयदेखि रुपन्देहीमा रहेर पत्रकारिता गर्दै आएका पोखरेलको मंगलबार बिहान बुटवल १३ बेलबासस्थित आफ्नै निवासमा मृत्यु भएको हो ।

बुटवल टुडेमा स्थापनाकालदेखि सम्पादकको भूमिका निर्वाह गर्दै हाल सम्पादक सल्लाहकार रहेका पोखरेल केही दिनअघि घरमै लडेर सामान्य घाइते भएको र मंगलबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । पोखरेलका श्रीमती, दुई छोरा एक छोरी छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद