Media Network

रुपन्देहीमा मध्यरातमा गोली चल्यो, एकजना युवक घाइते


खबरस्टोरी संवाददाता

३० श्रावण २०७९,सोमबार

बुटवल । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा मध्यरातमा गोली चलेको छ । सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गोली हानेपछि लुटेरा समूहले नजिकै रहेको सिद्धार्थ कटेज (ढावा पसल)बाट पैसा लुटेर भागेका छन् । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । 

राति पौने १२ बजेतिर गुरुङलाई गोली हानी लुटेरा समूहले २५ हजार रुपैयाँ लुटपाट भएको बताइएको छ । गोली हान्नेहरू पल्सर मोटरसाइकलमा आएका थिए । 

घाइतेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । घटनास्थल नेपाल भारत सिमानाबाट ७ सय मिटरको दुरीमा पर्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद