Media Network

राप्ती प्रतिष्ठानको विवाद सुल्झियो, सहमतिपछि सेवा सुचारु


खबरस्टोरी संवाददाता

३० असार २०८०,शनिबार

काठमाडौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ। अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुनः सञ्चालन गरिएको हो।

छानबिन समिति बनाउने सहमति सँगै विवाद सुल्झिएको हो ।समितिले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन ल्याउनेछ। शैक्षिक योग्यताअनुसार मृतकका नजिकका आफन्त एकजनालाई रोजगारी दिने सहमतिे भएको छ।

सहमतिपछि बालकको शव आफन्तले बुझेका छन्। छारेरोगबाट पीडित ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएको थियो। उपचारमा लापरबाही गरेका कारण उनको ज्यान गएको मृतकका आफन्तजनले आरोप लगाएका थिए। उचित क्षतिपूर्तिको माग गर्दै उनीहरूले शुक्रबार दिनभर अस्पतालको सेवा अवरुद्ध पारेका थिए।

मृत्यु भएका बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले व्यहोर्न कार्यकारी परिषद्लाई सिफारिस गर्ने सहमति भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद