Media Network

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण


खबरस्टोरी संवाददाता

२७ पुष २०८०,शुक्रबार

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।
सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गरेका थिए ।
पृत्वीजयन्तीमा अवसरमा राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यस दिनको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद