Media Network

सडकमा भ्वाङ परेपछि तनहुँमा पृथ्वी राजमार्ग अवरुद्ध


खबरस्टोरी संवाददाता

३ पुष २०७९,आईतवार

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भाँसिदा सडक अवरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा सडक भाँसिदा पुलमा पनि असर पुगेको छ ।

आइतबार बिहान करिब १० बजेदेखि अवरुद्ध उक्त सडकखण्ड हालसम्म पनि मर्मत नहुँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

माटो हालेर सडक पुर्ने काम भइरहेको र यातायात सञ्चालन गर्न करिब एक घन्टा लाग्ने अनुमान गरिएको प्रहरी कार्यालयले बताएको छ । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौं सवारी साधान सडकमा अलपत्र परेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद