Media Network

सहकारीको किस्ता तिर्न नसक्दा आत्महत्या


खबरस्टोरी संवाददाता

११ माघ २०७९,बुधबार

काठमाडौ । सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) रूखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । मृतकका परिवारले सहकारी संस्थाबाट लिएको १ लाख रुपैयाँ ऋणको किस्ता तिर्न नसक्दा रामदेवले आत्महत्या गरेको बताएका छन् ।

सोमबार राति खाना खाएर सुतेका उनी घरभन्दा करिब ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । परिवारका अनुसार दुईवटा सहकारी संस्थाबाट गरी एक लाख रुपैयाँ ऋण लिएका उनी किस्ता तिर्न नसक्दा तनावमा थिए ।

पछिल्लो पटक गत ९ गते किस्ता तिर्ने बेला भइसक्दा समेत पैसाको जोहो हुन सकेको थिएन । गत सोमबार समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद