Media Network

संखुवासभामा हेलिकप्टर दुर्घटना


खबरस्टोरी संवाददाता

२२ बैशाख २०८०,शुक्रबार

काठमाडौं । संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना भएको छ । अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलि दुर्घटनामा परेको भोटखोला गाउँपालिका उपाध्यक्ष सहना लामाले जानकारी दिइन् ।

उनले हेलिकप्टर भोटखोला गाउँपालिका–४ सिब्रुङमा दुर्घटना भएको बताइन।‘हामी योजना अनुगमनको क्रममा थियौं । वारीबाट रातो हेलि गुडुङगुडुङ आवाज गर्दै झरेको देख्यौं । फोनको टावर राम्रो छैन । थप बुझ्ने प्रयास भइरहेको छ’, उनले भनिन् ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार हेलिकप्टर दुर्घटनामा परेको खबर प्रहरी–प्रशासनलाई प्राप्त भएको छ । उनले त्यसतर्फ प्रहरी परिचालन गरिएको जानकारी दिए ।

‘स्थानीयले हामीलाई खबर गरेका छन् । प्रहरी त्यसतर्फ पठाएका छौं । विस्तृत विवरण केहीबेरमा आउला ।’

उक्त क्षेत्र अत्यन्तै विकट भएको र मोबाइल नेटवर्क पनि राम्रो नभएकाले विस्तृत विवरण आउन बाँकी छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद