Media Network

सन्दीपको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई काठमाडौं जिल्ला अदालमा आज हुँदैछ। सन्दीपको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा हुने भएको छ।

उनको मुद्दाको पेशी पहिलो नम्बरमानै रहेको छ। सम्भवत आज यो मुद्दामा सुनुवाइ हुनेछ। बहस नोट बुझाएपछिको फाइनल पेसी आज दोस्रो पटक हुँदैछ। यसअघि गत २४ मंसिरमा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमानै मुद्दाको सुनुवाइ रहेको भएपनि बार एसोसिएसनको सम्मेलनको कारण देखाउँदै सन्दीपका कानुन ब्यवसायीले मुद्दा स्थगित गरेका थिए। त्यसपछि ८ मंसिर आज का लागि पेशी तोकिएको हो।

सन्दीपको बलात्कार मुद्दामा गत २३ कार्तिकमा अदालतले बहस नोट बुझाउन आदेश दिएपछि दुवै पक्षका कानुनब्यवसायीले लिखित रुपमा बहस नोट अदालत समक्ष प्रस्तुत गरेका थिए। सन्दीप लामिछानेको मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले विभिन्न प्रमाणित कागजातहरू माग गर्दै आएको भए पनि गत २३ कार्तिकमा भने बहस नोट माग गरेको थियो।

विभिन्न बहानामा पटक(पटक स्थगित हुँदै आएको मुद्दामा न्यायाधीश केशव घिमिरेको इजलासले गत २३ कात्तिकमा दुवै पक्षलाई २२ मंसिरभित्र बहस नोट अदालतमा बुझाउन आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौंमा विचाराधीन मद्दा लामो समयदेखि चलिरहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद