स...">
Media Network

सप्तकोसी बाढीमा बसेका २४ सय घरपरिवारको अझै उद्धार भएन


ईश्वर तामाङ

१८ श्रावण २०७९,बुधबार

उदयपुर । प्तकोसी नदीको बाँध फुटेर बाढी गाउँ पस्दा सुनसरी र उदयपुर जिल्लाका दुई स्थानीय तहका सयौं मानिस बाढीमा फसेका छन् । बुधबार बिहान बाँध फुटेर गाउँमा बाढी पस्दा सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ का २१ सय परिवार र उदयपुरको बेलका बेलका नागरपालिका वडा नम्बर १, २, ३, ८ र ९ चार हजार घर परिवार प्रभावित भएका छन् । 

यस्तै बाढीमा फसेका करिब २४ सय घरधुरीको अझै उद्धार हुन सकेको छैन । बस्तीलाई बाढीले टापुमा परिणत गरिदिएपछि उनीको उद्धार हुन नसकेको हो । 

बाढीमा फसेकाहरूलाई सशस्त्र प्रहरीको दुई वटा ढुंगाले उद्धार प्रयास गरिरहेको छ । सशस्त्र प्रहरीलाई स्थानीयवासी, सामाजिक संघ संस्था, नेपाल प्रहरी र नेपाली सेनाले उद्धारमा सहयोग गरिरहेको छ । 

स्थानीय प्रशासनका अनुसार बाढी आउने पूर्व सूचना मंगलबार राति नै दिएका कारण क्षति कम भएको हो । प्रशासनल सर्वसाधारणलाई हिजो मंगलबार नै ‘हाइ एलर्ट’ गराएको थियो । प्रशासनको एलर्टपछि कतिपय सर्वसाधारण राति नै उदयपुरको रामपुर आएका थिए । 

बाढीबाट अहिलेसम्म कुनै पनि मानविय क्षति भएको सूचना नआएको प्रहरीले जनाएको छ । भौतिक संरचाना क्षति पुगे पनि मानविय क्षति रोक्न सकेको प्रशासनको भनाइ छ । 

प्रशासनका अनुसार सप्तकोसीमा पानीको सतह बढेपछि आवश्यकता ब्यारेजको ढोका नखोल्दा बाँध फुटेको हो । अहिले सप्तकोशीको जम्मा ३४ वटा ढोका खुलेका छन् । पानीको सतहअनुसार कम्तीमा पनि ४२ वटा खुल्ने पर्ने थियो । 

०४५ सालसम्म सप्तकोसी अहिले बाँध फुटेकै ठाउँबाट बग्ने गर्थ्याे । पूर्वी पहाडी भेगमा अझै निरन्तर पानी परिरहेकाले तल्लो भागमा जोखिम घटेको छैन । 

यसैबीच प्रदेश १ का आन्तरिक मामला मत्री केदार कार्की, भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की, सुनसरी, मोरङ, उदयपुर र सप्तरीका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद