Media Network

सप्तरी–२ मा जित नजिक सिके राउत


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौं । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत) जित नजिक पुगेका छन् । उनले आफ्ना प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पछाडि पारेका छन् ।पछिल्लो मतपरिणामअनुसार सिके राउतले १५ हजार ३४ मत पाएका छन् भने उपेन्द्र यादवले ७ हजार २७१ मत पाएका छन् ।यो क्षेत्रमा अघिल्लो निर्वाचनमा जसपाका अध्यक्ष प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । त्यसबेला उनले २१ हजार ६२० मत ल्याएका थिए ।सिके राउत तिनै हुन्, जसले ‘स्वतन्त्र मधेश गठबन्धन’ नामक पार्टी खोलेर झण्डै ६ वर्ष अभियान चलाएका थिए । त्यसबेलदा उनी उनी पटक–पटक पक्राउ र जेल परेका थिए ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद