Media Network

सप्तरी– २ सीके राउतको फराकिलो मन्तान्तर, उपेन्द्र यादव तेस्रो


खबरस्टोरी संवाददाता

५ मंसिर २०७९,सोमबार

राजविराज । सप्तरीको निर्वाचन क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतगणनामा फराकिलो अग्रता लिएको छ ।

आइतबार देशभर एकसाथ भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको आज बिहान ९ बजे देखी सुरु भएको मतगणनामा राउतले ६२९ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका हुन् ।

अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् ।जसपा अध्यक्ष यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका अध्यक्ष राउतले ठुलो मतान्तरले पछाडि पारेका हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद