Media Network

सप्तरीमा करेन्ट लागेर एक वृद्धको मृत्यु


खबरस्टोरी संवाददाता

१० श्रावण २०७९,मंगलवार

 काठमाडौँ। सप्तरीको खडक नगरपालिका लालपुरमा करेन्ट लागेर एक जना वृद्धको ज्यान गएको छ ।

सप्तरीको खडक नगरपालिका वडा नं ११ बस्ने ६० वर्षका शत्रुधन खङ्ग (मण्डल) को करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको स्थानीयले बताए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद