सत्ता गठबन्धनबाट उम्मेदवार बनेका थानीले एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बिसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरेका छन् ।
उनी शेखर कोइरालापक्षीय नेता मानिन्छन् । उनका निकटतम् प्रतिद्वन्द्वी विसीले २९ हजार ५ सय ५८ मत प्राप्त गरे । सुर्खेत–२ मा ७६ हजार ३ सय ५२ मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले बताए । उनका अनुसार थानीले प्रमाणपत्र बुझ्न भने बाँकी छ ।
थानीले योसँगै तेस्रोपटक संसदीय निर्वाचन जितेका छन् । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत भइसकेका छन् ।
२०७४ सालमा एमालेका नवराज रावतसँग पराजित भएका उनले यो पटक गठबन्धनको बलमा एमालेसँग बदला लिएका हुन् । रावतले ३७ हजार ४ सय ४७ मत ल्याएर विजयी हुँदा थानीयले २८ हजार ६ सय ४६ मत प्राप्त गरेका थिए ।