Media Network

सर्लाहीको मलंगवामा निषेधाज्ञा


खबरस्टोरी संवाददाता

२३ भाद्र २०८०,शनिबार

सर्लाही । सर्लाहीको मलंगवामा निषेधाज्ञा जारी भएको छ । कृष्ण जन्माष्टमीको मूर्ती विसर्जका क्रममा शुक्रबार झडप भएपछि अवस्था तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

सर्लाही । सर्लाहीको मलंगवामा निषेधाज्ञा जारी भएको छ । कृष्ण जन्माष्टमीको मूर्ती विसर्जका क्रममा शुक्रबार झडप भएपछि अवस्था तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । अहिलेसम्म कुनै घटना नभएपनि घट्न सक्ने सम्भावनालाई ध्यान दिँदै निषेधाज्ञा जारी गरिएको उनले बताए ।


सर्लाहीको सदरमुकाम मलंगवामा शुक्रबार साँझ दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो । प्रहरीले अश्रग्यास र एक राउन्ड हवाइ फायर गरेपछि झडप नियन्त्रण गरेको थियो । शनिबार बिहानैदेखि प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरेका थिए ।






Share:
Reaction :
ताजा समाचार
खेलकुद