Media Network

सर्वोच्चका नवनियुक्त ६ न्यायाधीशले लिए शपथ


खबरस्टोरी संवाददाता

५ पुष २०८०,बिहीबार

काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त ६ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका हुन्।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरूलाई प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ खुवाएका हुन् ।राष्ट्रपति पौडेलले बुधबार उनीहरुलाई न्यायाधीश पदमा नियुक्ति गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद