Media Network

सेती प्रादेशिक अस्पताल जलमग्न


खबरस्टोरी संवाददाता

८ आश्विन २०८०,सोमबार

धनगढी।आज बिहान परेको पानीका कारणसुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पताल (पुरानो भवन) जलमग्न भएको छ ।

अस्पतालको गाइनो वार्ड, लेबर वार्ड, कर्मचारी बस्ने कोठासहित ग्यालरीलगायत अन्य वार्डहरू जलमग्न भएको हो। 

एक घण्टासम्म पानी पर्दा अस्पतालको धेरैजसो वार्डमा पानी भरिएको हो ।

अस्पतालको वार्डमा बिहानै पानी भरिएपछि बिरामीहरूलाई सास्ती भएको छ । नवजात शिशुसहित सुत्केरी राखिएका वार्डमा घुँडासम्म पानी पुगेपछि समस्या भएको कञ्चनपुरको बेलौरी नगरपालिकाका उमेश डगौराले बताए ।

ग्यालरी र झ्यालबाट वर्षाको पानी छिरेर कोठामा आएको बिरामीका कुरुवाहरूले बताएका छन् । यसैगरी, केही कोठामा माथिबाट पानी चुहिएको जनाइएको छ । वर्षाको कारण धनगढीको प्रदेश सभा भवन र सो आसपासका क्षेत्रसहित केही ठाउँमा डुबान भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद