Media Network

सुधार केन्द्रमा एक जनाको शंकास्पद मृत्यु


खबरस्टोरी संवाददाता

१ भाद्र २०७९,बुधबार

काठमाडौँ। बाँकेको नेपालगन्जस्थित आरम्भ पुनर्स्थापना सुधार केन्द्रमा रहेका एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ । बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जनाए। उनी एक हप्ताअघि मात्र उक्त सुधार केन्द्रमा आएका थिए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल पुर्‍याउँदै गर्दा बुधबार बिहान बाटोमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक घर्तीमगरले बताए। 

मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको छ । अधिकारीको मृत्युका विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद