Media Network

स्वास्थ्यकर्मी नहुँदा कार्तिकाले बाटोमै जन्माइन् सन्तान


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौँ ।  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् ।

सुत्केरी ब्यथाले चाँपेपछि फयालगाउँ सामुदायीक स्वास्थ्य इकाई कार्यालय पुगेकी वडा नम्बर १ मुक्तिकोटकी कार्तिका बिकले स्वास्थ चौकीमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुँदा घर फर्कने क्रममा बाटोमै बच्चा जन्माएकी हुन् । 

प्रसुती हुन स्वास्थ्य कार्यालय पुगेकी विक कार्यालयमा स्वास्थ्यकर्मी नहुँदा घर फर्किदै थिइन् । घर फर्कदै ब्यथाले च्यापेपछि उनी बाध्य भएर बाटोमै बच्चा जन्माउन विवस भएको र हाल बाटोमा नै बच्चा जन्माएकी महिला र शिशुको स्वास्थ अवस्था भने सामान्य नै रहेको पारिवार स्रोतले बताएको छ । 

फयालगाउँ सामुदायीक स्वास्थ्य इकाई कार्यालयमा कार्यरत  सिनियर अहेव विर्ज विक गाउँपालिकाले आयोजना गरेको गोष्ठीमा गएका र गाउँपालीकामा नियुक्त भएका करारका स्वास्थ कर्मीहरुको करार अवधि नयाँ आर्थिक वर्ष देखि नथपिएपछि करारका स्थास्थकर्मी पनि भएकोे स्वास्थ कार्यलयमा स्वास्थकर्मीहरु नभएको बताइएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद