Media Network

टिकटक बनाउँदा कुपिण्डे तालमा बेपत्ता व्यक्ति २४ घन्टापछि मृत फेला


खबरस्टोरी संवाददाता

११ श्रावण २०७९,बुधबार

काठमाडौँ। सल्यानको कुपिण्डे नगरपालिका ८ मा रहेको कुपिण्डेतालमा टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएका कपुरकोट गाउँपालिका ६ सिनबाङ घर भई हाल तुलसीपुर उपमहानगरपालिका ६ बस्ने बेदबहादुर बस्नेत झन्डै २४ घन्टापछि मृत अवस्थामा फेला परेका छन् ।

उनी टिकटक बनाउने क्रममा ढुंगाबाट चिप्लिएर खस्दा मंगलबार दिउँसोदेखि बेपत्ता भएका थिए । सुर्खेतबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले तालभित्र बेपत्ता भएको स्थानदेखि करिब १५ मिटर पर र करिब ५० मिटर गहिराइमा खोचमा जेलिएको अवस्थामा उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए  ।

मृत अवस्थामा भेटिएका बस्नेतको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याउन थालिएको प्रहरीले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद