जल तथा मौसम विज्ञान विभागले आज बिहान सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढी मापन केन्द्र बुटवलमा जल सतह खतरा तहभन्दा निकै माथि पुगेको र बढ्दो रहेको छ ।बाढीको उच्च जोखिम रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
यसै गरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ ।नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । स्थानीय प्रशासनले पनि सतर्कताका लागि स्थानीयलाई सचेत बनाएको छ ।