Media Network

दार्चुलामा जीप दुर्घटनाः पाँचको मृत्यु, ९ जना घाइते


खबरस्टोरी संवाददाता

१ भाद्र २०७९,बुधबार

दार्चुला । दार्चुला सदरमुकाम खलंगा गइरहेको जीप बुधबार उल्लेनीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अन्य ९ जना घाइते भएको प्रहरीले जनाएको छ । 

बुधबार अपराह्न भएको उक्त दुर्घटनामा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद