Media Network

दाउन्नेमा बस दुर्घटना : ३१ जना घाइते, ६ जना गम्भिर


खबरस्टोरी संवाददाता

११ श्रावण २०७९,बुधबार

नवलपरासी । नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

घाइते यात्रुमध्ये ६ जनाको को अवस्था भने गम्भीर रहेको छ । कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए । उनका अनुसार बसमा ३१ जना जना सवार थिए ।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्यको स्थानिय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद