Media Network

धनगढीबाट काठमाडौं जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, २९ यात्रु घाइते


खबरस्टोरी संवाददाता

५ भाद्र २०८०,मंगलवार

काठमाडौ । धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख २९८६ नम्बरको बस आज बिहान पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ घ्युखोलामा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी बसमा सवार ३५ जना मध्ये २९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।पौडेलका अनुसार ब्रेक फेल भई बस सडक कुनामा ठोक्किएको छ । दुर्घटनामा परी घाइते हुनेहरु मध्ये ९ जनाको अवस्था मध्यम रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको छ ।घाइते भएकाहरुको दुम्किबास स्वास्थ्य चौकी र मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ । घाइते हुनेमा कैलालीका मात्रै २५ जना रहेका छन् भने बर्दियाका २ र रौतहटका २ जना रहेको प्रहरीले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद