Media Network

उडेको १७ मिनेटमै श्री एयरलाइन्सको जहाज बीचबाटै गौतम बुद्ध विमानस्थलमा फर्कियो


खबरस्टोरी संवाददाता

२५ बैशाख २०८०,सोमबार

काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा नै फर्किएको छ । श्री एयरलाइन्सको एसएचए ८२२ नम्बरको ७२ सिटे विमान बिहान ९ः ४० बजे काठमाडौँका लागि उडेको थियो । तर, उडानको करिब १७ मिनेटपछि नै विमानमा केही प्राविधिक समस्या देखिए पनि पुनः गौतवुद्ध विमानस्थलमा नै अवतरण (ल्यान्ड) गरिएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले  जानकारी दिए । विमान ९ः ५७ बजे ल्यान्ड भएको हो । 

‘उडानको करिब १७ मिनेटपछि विमानमा इन्जिनियरिङ समस्या देखिएको जानकारी प्राप्त भएको छ । भएको के हो अहिले प्राविधिक टोलीले चेकजाँच गर्दैछ । एकिन भइसकेको छैन’ प्रवक्ता मानन्धरले भने । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद