Media Network

वर्षाका कारण कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित


खबरस्टोरी संवाददाता

७ भाद्र २०८०,बिहीबार

काठमाडौं । दुई दिनदेखि कर्णालीमा हवाई उडान प्रभावित भएको छ । केहि दिन यता लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो ।

डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन । डोल्पामा सडक पुगेपनि वर्षायाममा सहज तरिकाले यात्रा गर्न अझै समस्या छ । खोलामा पानीको सतह बढेका कारण यात्रामा चुनौती हुँदै आएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद