Media Network

वरिष्ठ देउडा गायक कडायतको निधन


खबरस्टोरी संवाददाता

११ श्रावण २०७९,बुधबार

काठमाडौँ। वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका ५५ वर्षीय कडायतको सेती प्रादेशीक अस्पतालमा बुधबार निधन भएको हो । अचेत अवस्थामै धनगढीस्थित नवजीवन अस्पताल पुर्याएका कडायतको स्वास्थ्यमा सुधार नआएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । 

वि.सं. २०४९ सालदेखि देउडा गायन क्षेत्रमा सक्रिय कडायतले कर्णालीको भेल, बझाङ्ी काल्या, बिडी खान्या लगायतका चर्चित गीत रेकर्ड गराएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद