Media Network

विद्युत् लाइनको पोल ढल्दा दार्चुलामा २ दिनदेखि विद्युत् अवरुद्ध


खबरस्टोरी संवाददाता

१० श्रावण २०७९,मंगलवार

काठमाडौँ। दार्चुलाको शैल्यशिखर नगरपालिका-५ वरमुडे क्षेत्रमा विद्युत् लाइनको पोल ढल्दा २ दिनदेखि उक्त क्षेत्रमा विद्युत् सेवा पूर्ण रुपमा बन्द भएको छ । राष्ट्रिय प्रसारण लाइनको विद्युत् आइतबार रातिदेखि अवरुद्ध भएको हो। 

३३ केभी प्रसारण लाइनमा क्षति हुँदा जिल्लाभरि सबै ठाउमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका सुपरभाइजर पदमबहादुर बमले बताए । 

त्यस क्षेत्रमा सोमबार  बिहानैबाट प्रसारण लाइन मर्मतको काम भइरहेको र मंगलबार बेलुकासम्म अवरुद्ध विद्युत् सेवा पुन: सुचारु हुन सक्ने उनको भनाइ छ । 

 विद्युत् पूर्ण रुपमा बन्द हुँदा  धेरै समस्या भएको स्थानीय बताउँछन् । विद्युत् सेवा अवरुद्ध हुँदा यहाका सञ्चारमाध्यम, मोबाइल चार्ज गर्न समस्या, विद्युतीय उपकरण चलाउन सकिएको छैन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद