Media Network

अभिभावक संघका संस्थापकहरु सम्मानित


खबरस्टोरी संवाददाता

१९ पुष २०८०,बिहीबार

काठमाडौं। नेपाल राष्ट्रिय अभिभावक संघका संस्थापकहरु सम्मानित भएका छन् । वर्तमान कार्य समितिले संघका संस्थापक अध्यक्ष एवम् माओवादी पूर्व सांसद वाङ्छे शेर्पा सहित संस्थापक सदस्यहरुलाई बुधबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
सम्मानित हुनेमा संघका संस्थापक सदस्य पूर्व मन्त्री देवबहादुर पौडेल, बामदेव गौतम र कृष्ण आचार्य छन् । कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष शेर्पाले नेपालको शिक्षा प्रणालीमा अहिलेका अहिलका बालबालिकाहरुले विश्वास गर्न नसकेको भन्दै ब्यवहारिक शिक्षा आवश्यक रहेकोमा जोड दिए । उनले शिक्षामा आमुल परिवर्तनका लागि अभिभावकहरुको  भूमिका महत्वपूर्ण हुने बताए । शिक्षा क्षेत्रका अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने भन्दै २०५९ सालमा शेर्पाको अध्यक्षतामा संघको स्थापना भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद