Media Network

एसइइ परिक्षा: नेपाली विषयको दिन विज्ञानको प्रश्नपत्र बाडेपछि..


खबरस्टोरी संवाददाता

२० चैत्र २०७९,सोमबार

जनकपुरधाम । धनुषाको एक परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञान विषयको पुगेको छ । 

रामप्रसाद माविमा विज्ञान विषयको प्रश्नपत्र पुगेको हो । त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको छ ।

खामको माथि नेपाली लेखिए पनि भित्र विज्ञान विषयको प्रश्नपत्र भेटिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । 

पहिलो दिन अंग्रेजी विषयको परीक्षामा पनि प्राविधिक त्रुटिको कारण यस्तै समस्या भएको थियो । त्यहाँ ५० मिनेट ढिलो परीक्षा सुरु भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद