Media Network

कक्षाकोठा छोडेर आन्दोलनमा जाने शिक्षकलाई काठमाडौं महानगरले कारबाही गर्ने


खबरस्टोरी संवाददाता

३ आश्विन २०८०,बुधबार

काठमाडौं । काठमाडौं महानगरापलिकाले कुनै पनि निजी तथा सरकारी विद्यालयका शिक्षकहरूले कक्षाकोठा छोडेर आन्दोलनमा गए कारबाही गर्ने भएको छ।

आन्दोलनका नाममा स्कुल बन्द गरेको भेटे कारबाही गर्ने मेयर बालेन शाहका प्रेस सल्लाहकार सुरेन्द्र बजागाइँले बताए।

उनका अनुसार भदौ ३ गते संशोधन गरिएको शिक्षा नीतिमा सबै विद्यालयलाई राजनीतिबाट मुक्त गर्न शिक्षक तथा कर्मचारीलाई दलको सदस्य हुन बन्देज लगाउँदै काठमाडौं महानगरपालिकाले शिक्षा ऐन संशोधन गरिएको थियो।

विद्यालय शिक्षा वधेयकको विरोधमा नेपाल शिक्षक महासंघले बुधबारदेखि सबै सामूदायिक विद्यालय बन्द गर्दै काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेको छ।

शिक्षकहरू सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलित भएका हुन्।

संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ।

यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको हो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद