Media Network

त्रिवि सेवा आयोगले एक वर्षपछि पायो अध्यक्ष


खबरस्टोरी संवाददाता

३१ श्रावण २०८०,बुधबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले एक वर्षपछि अध्यक्ष पाएको छ ।२०७९ साउन १९ गतेदेखि रिक्त रहेको त्रिवि सेवा आयोगको अध्यक्षमा प्रा.डा.घनश्याम भट्टराई नियुक्त भएका छन् ।

इतिहास विभाग प्रमुखसमेत रहेका भट्टराईले बुधबार सेवा आयोग अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

६ महिनापछि अवकाश हुन लागेका उनलाई मंगलबार कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले गत साउन २३ गते आवेदन माग गर्दै २६ गते ३ बजेभित्र आवेदन दिन सूचित गरेको थियो । सोही आवेदन अनुसार सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

सह–कुलपति (शिक्षामन्त्री) को सिफारिसमा कुलपतिले सेवा आयोग अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ ।

एक वर्षदेखि सेवा आयोग पदाधिकारी विहीन हुँदा त्रिवि शिक्षक तथा कर्मचारीको विज्ञापन हुन सकेको छैन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद