Media Network

त्रिविको ४९ औँ दीक्षान्त समारोहका लागि आवेदन खुला


खबरस्टोरी संवाददाता

३ भाद्र २०८०,आईतवार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ । २०७९ असार १ गतेदेखि २०८० जेठ ३२ गतसम्म उत्र्तिण गरेका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई आवेदन आह्वान गरेको हो ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि पिएचडी तह पूरा गर्नेहरूले आवेदन दिन सक्नेछन् । दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद