Media Network

त्रिविमा खुला प्रतिस्पर्धाद्वारा उपकुलपति नियुक्तिका लागि दरखास्त खुल्यो


खबरस्टोरी संवाददाता

२० पुष २०८०,शुक्रबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले इतिहासमै पहिलो पटक खुला प्रतिष्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ ।त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिष्पर्धाका लागि आवेदन माग गरेको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै मेरिटका आधारमा उपकुलपति छनौट गर्ने घोषणा गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री प्रचण्डको घोषणा कार्यान्वयन गर्दै सिफारिस समितिले योग्यता र अनुभवका आधारमा विश्वभरी रहेका नेपाली नागरिकबाट उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो ।

प्रकाशित सूचना अनुसार, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने उल्लेख गरेको छ ।

यसैगरी आवेदकहरुले विश्वविद्यालय सुधारका लागि सोचपत्र तथा चार वर्षे व्यवसायिक कार्ययोजना समेत प्रस्तुत गर्नुपर्ने छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद