गुजरातले दिएको ९० रनको लक्ष्य पछाएको दिल्लीले ८।५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।यस अघि गुजरातले १७।३ ओभरमा अल आउट हुदै केवल ८९ रन बनाएको थियो । यो यस सिजनको आइपिएलमा कुनै पनि टिमले बनाएको सबैभन्दा कम रन हो ।
यो जितपछि दिल्ली अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । दिल्लीको ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक रहेको छ । त्यसैगरी गुजरातको पनि ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक नै छ र अंक तालिकामा सातौं स्थानमा रहेको छन् ।