आर्यनले सुहाउँदो क्यारेक्टर पाएपछि फिल्म गर्ने सम्झौता गरेको बताए । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म को ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । फिल्मका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताए ।
‘फिल्ममा सोसल ड्रामासँगै प्रेमकथा देखाइने छ । हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ,’ रघुले भने ।
उनले फिल्मको अन्य कास्ट एन्ड क्रिउको बारेमा केही समयमै जानकारी दिने बताए । फिल्ममा कथा उनकै रहेको छ । निर्देशक भने उनले भारतीय रहने बताए । उनले फिल्मको कथावस्तुअनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताए । फिल्मको अधिकांश छायांकन अस्ट्रेलियाको सिड्नीमा हुनेछ भने केही प्रतिशत मेलवर्नमा समेत गरिने उनले जनाए ।