Media Network

अभिनेत्री जया प्रदालाई ६ महिना जेल सजाय


खबरस्टोरी संवाददाता

२९ श्रावण २०८०,सोमबार

काठमाडौ । भारतीय अभिनेत्री तथा राजनीतिज्ञ जया प्रदालाई ६ महिना जेल सजाय भएको छ।चेन्नई कोर्टले शुक्रबार अभिनेत्री प्रदालाई कर्मचारीलाई पारिश्रमिक नदिएको आरोपमा ६ महिना जेल सजाय सुनाएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

हाल उनी अभिनय छोडेर राजनीतिमा सक्रिय छिन्। भारतीय जनता पार्टीमा आवद्ध उनलाई ६ महिना जेल सजायसँगै ५ हजार भारू जरिवाना पनि तोकिएको छ। जयासँगै उनका दुई व्यवसायी सहकर्मी राम कुमार र राजा बाबूलाई पनि दोषी पाइएको छ। जया र उनका व्यवसायी सहकर्मीले केही वर्षअघि चेन्नईमा एक फिल्म हल खोलेका थिए। घाटामा गएपछि उक्त हल बन्द गरिएको थियो। केही समयपछि त्यहाँका कर्मचारीले जया प्रदाविरूद्ध पारिश्रमिक नदिएको भन्दै उजुरी दिएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार जयाले आरोप स्वीकार गर्दै हलका कर्मचारीहरूलाई पारिश्रमिक दिने बताएकी थिइन्। साथै उनले यस उजुरीलाई खारेज गर्न अनुरोध गरेकी थिइन्। तर कोर्टले उनको अनुरोधलाई अस्वीकार गर्दै ६ महिना जेल सजाय र ५ हजार भारू जरिवाना तोकेको छ।

जयाले तोहफा, मा, शराबी, सरगम, आजका अर्जुन, घर घरकी कहानी, संजोग, मकसद, गंगा जमुनाु जस्ता फिल्ममा अभिनय गरेकी छन्।



Share:
Reaction :
ताजा समाचार
खेलकुद