Media Network

अभिनेत्री निरुता सिंहले कसिन् लगनगाँठो


खबरस्टोरी संवाददाता

१६ भाद्र २०८०,शनिबार

काठमाडौं । अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । पछिल्लो समय भारतको मुम्बइमा बस्दै आएकी निरुता मुम्बईकै सञ्जीव गुलाटीसँग लगनगाँठो जोडेकी हुन् । निरुता आफैँले आफ्नो विवाहबारे जानकारी गराएकी हुन् ।

शनिबार आफ्नो अफिसियल फेसब्ुकमा स्टाटस लेख्दै लगनगाँठो जोडेको बताएकी छन् । उनले फेसबुकमा सञ्जीवसँगको तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘निरुता जी बिहे कहिले गर्ने  भन्ने प्रश्नको आज जवाब दिन गइरहेको छु । तपाइँहरुको निरुता सिंहले गत बिहीबार मुम्बई निवासी श्री संजीभ गुलाटीसंग लगनगाँठो जोड़ेको छ । हजुरहरु सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु । चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै माया ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद