Media Network

अक्षय कुमारले पाए भारतीय नागरिकता


खबरस्टोरी संवाददाता

३० श्रावण २०८०,मंगलवार

बलिउड अभिनेता अक्षय कुमार भारतीय नागरिक बनेका छन्। भारतको ७७ औं स्वतन्त्रता दिवसको दिन आज उनले नागरिकता पाएका हुन्।ट्विटरमा भारतीय नागरिकताको प्रमाणपत्र पोस्ट गर्दै उनले यसको जानकारी दिएका छन्। तस्बिरसँगै उनले लेखेका छन्, दिल र नागरिकता दुवै हिन्दूस्तानी। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।

अहिलेसम्म अक्षय कुमार क्यानेडियन नागरिक थिए। उनको नागरिकतालाई लिएर बेलाबेलामा प्रश्न उठ्ने गरेको थियो। हालैको एक अन्तर्वार्तामा उनले भारतीय नागरिकताका लागि आवेदन दिएको बताएका थिए।

आफूले क्यानडाको नागरिकता त्यागिसकेको पनि उनले बताएका थिए। आफ्नो लागि भारत नै सबैथोक भएको भन्दै उनले राहदानी परिवर्तनका लागि आवेदन गरिसकेको सुनाएका थिए। साथै क्यानडेली नागरिकताबारे यथार्थ नबुझी मानिसले जेसुकै भन्दा आफूलाई चित्त दुख्ने पनि बताएका थिए।

अक्षयले भने, ‘मैले जे कमाएको छु, जे पाएको छु, यहीँबाट पाएको छु र फिर्ता दिने मौका पाएकोमा म भाग्यमानी छु। मलाई नराम्रो लाग्छ जब मान्छेहरु केही नबुझेर बोल्छन्।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद