Media Network

बालोन डि’ओरको मनोनयन सुचीमा नै परेनन् मेसी र नेयमार


खबरस्टोरी संवाददाता

२८ श्रावण २०७९,शनिबार

गत वर्ष बालोन डि’ओर जितेका लियोनल मेसी यसपल्ट भने मनोनयनमै परेनन्। शुक्रबार राति जारी भएको ३० खेलाडीको मनोनयन सूचीमा सात पटकका विजेता मेसी नअटेका हुन्।

यो सँगै विश्व फुटबलमा प्रसिद्ध मानिने पुरस्कार बालोन डि’ओरको पहिलो प्रारम्भीक सूचीमा मेसी सन् २००५ पछि पहिलो पटक प्रारम्भिक सूचीमा नपरेका हुन्।

क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की, किलियान एम्बाप्पे, करिम बेन्जेमा, एर्लिङ हालान्ड, मोहम्मद सलाह, साडियो माने, केभिन डे ब्रुएना, ह्यारी केन र सन ह्युङ मिन जस्ता खेलाडी भने सूचीमा अटाउँदा मेसीसँगै पेरिस सेन्ट जर्मेन पीएसजीकै अर्का खेलाडी नेयमार पनि सूचीमा अटाएनन्। 

गत सिजन इंग्लिस प्रिमियर लिग जितेको म्यानचेस्टर सिटी र दोस्रो भएको लिभरपुल तथा स्पेनी ला लिगा च्याम्पियन रियल मड्रिडका ६–६ खेलाडी ३० खेलाडी रहेको सूचीमा छानिएका छन्। 

यही सिजन सिटी गएका हालान्ड र डे ब्रुएनाबाहेक सिटीका फिल फोडन, जोआओ कान्सेलो, रियाद माहरेज र बर्नादो सिल्भा छन्। यस्तै लिभरपुलका सलाहसँगै भर्जिल भान डाइक, डार्विन नुनेज, लुइस डियाज, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड र फाबिन्हो छन्। 

रियलको टोलीको भने कप्तान बेन्जेमाले नेतृत्व गरेका छन्। सूचीमा परेका रियलका अरु खेलाडी कासेमिरो, थिबाउट कोर्टुवा, लुका मोड्रिच, भिनिसियस जुनियर र एन्टोनियो रुडिगर छन्। 

बाँकी खेलाडी भने आयाक्सका सेबेस्टियन हालेर, एसी मिलानका राफाएल लिआओ र माइक माइगान, आरबी लाइपजिगका क्रिस्टोफर एन्कुन्कु र युभेन्टका डुसान भ्लाहोभिच छन्।   फ्रान्स म्यागजनिले दिने यो पुरस्कारको समारोह अक्टोबर १७ मा आयोजना गरिँदैछ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद