Media Network

बलिउड अभिनेता रणदीप हुड्डाले कसे लगनगाँठो


खबरस्टोरी संवाददाता

१४ मंसिर २०८०,बिहीबार

मुम्बई । बलिउडअभिनेता रणदीप हुड्डाले बिवाह गरेका छन् । हुड्डाले लिन लैशरामसँगको विवाहको तस्विर इन्स्टाग्राममा पोस्ट गरेका छन् । उनले बुधबार राति इम्फालमा विवाह समारोहको केही घण्टापछि तस्बिरहरू सार्वजनिक गरेका छन्। तस्बिरमा जोडीलाई परम्परागत मणिपुरी पोशाक लगाएको देख्न सकिन्छ । रणदीप हुड्डा सेतो कुर्तामा देख्न सकिन्छ र दुलही लिनले उनको विवाहको पोशाकमा सुनका गहना लगाएको देख्न सकिन्छ ।

यसअघि, नयाँ दुलही लिनले आफ्नो इन्स्टाग्राम स्टोरीहरूमा साथीहरू र परिवारले साझा गरेका अन्य विवाह संस्कार र उत्सवका तस्बिरहरू पनि साझा गरेकी थिइन् ।रणदीपले नोभेम्बर २९ मा इम्फालको लिन लैशरामसँग आफ्नो विवाहको घोषणा इन्स्टाग्राम पोस्टमार्फत गरेका थिए । मुम्बईमा हुने रिसेप्शनको बारेमा पनि पोस्टमा जानकारी दिइएको छ । उल्लेखनीय छ कि लिन मणिपुरकी मोडल, अभिनेत्री र व्यवसायी हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद