Media Network

बलिउड अभिनेता साहिल खान नेपालमा


खबरस्टोरी संवाददाता

२ भाद्र २०८०,शनिबार

काठमाडौँ। बलिउड अभिनेता साहिल खान नेपाल आएका छन्। बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ मा सहभागी हुन उनी शनिवार नेपाल आएका हुन्।स्टाइल, एक्सक्युज मि, डबल क्रस, यहि हे जिन्दगी, अलादीन जस्ता फिल्मका अभिनेता खानले नेपाल आउँदा आफुलाई खुसि लागेको बताए। आज नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ को फाइनलमा सहभागी भएर उनी भोली फर्कनेछन्।खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा अन्य विभिन्न अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरु पनि आएका छन्। 

इन्डियाको फ्रेन्च आइज ‘नरेश सूर्या क्लासिक नेपाल’मा १५० जना सहभागी छन्। कार्यक्रममा नेपाल, मलेसिया, युएइ र भारतका खेलाडीहरुले भाग लिएका छन् । फिट नेसनको कार्यक्रममा विजेताले नगद दुई लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद