Media Network

बन्द भयो ‘ कमेडी क्लब विथ च्याम्पियन’ शो


खबरस्टोरी संवाददाता

३ श्रावण २०८०,बुधबार

काठमाडौं । ‘कमेडी क्लब विथ च्याम्पियन’ टेलिभिजन ‘शो’ बन्द भएको छ ।१६ महिनादेखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको शो केही समयका लागि बन्द गरिएको शो का निर्माता तथा प्रस्तोता विशाल भण्डारीले जानकारी दिएका छन् ।

भण्डारीले छोटो समय विश्राम लिन लागेको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले ६९ एपिसोडको यात्राले थकित टीमलाई केही समयका लागि ब्रेक लिन आवश्यक देखेको बताएका छन् ।‘तर हामी छाटो विश्रामपछि रिचार्ज भई सुरूवाती ऊर्जामै फर्केर यहाँहरूलाई हाँसोको फोहरा छुटाउन अवश्य आउनेछौं,’ उनले लेखेका छन् ।भण्डारीले कमेडी च्याम्पियनको सिजन ३ लिएर आउने पनि जानकारी गराएका छन् ।

‘हाम्रो टिम कमेडी च्याम्पियन सिजन ३ लिएर चाँडै आउँदै छौँ । माया र साथ कायम रहोस् । हाँस्ने र हँसाउने क्रम जारी रहने छ,’ उनले भनेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद